Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी,अध्यक्ष बने शम्शेर खड्का

नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी,अध्यक्ष बने शम्शेर खड्का

  • 1.5K
    SHARES

  • नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी,अध्यक्ष बने शम्शेर खड्का

    बुटवल,माघ १९ । 

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को रुपन्देहीमा समानान्तर कमिटी गठन भएको छ ।स्ववियु निर्वाचनको मिति नजिकिएसँगै समानान्तर कमिटी चयन भएको हो । बिहीबार बुटवलमा भेला गरि डा. शेखर कोइराला समूहले रुपन्देहीमा नेविसंघको समानान्तर कमिटी बनाएको हो ।

    संस्थापन पक्षले एकलौटी रूपमा निर्णय गरेको भन्दै बिहीबार बुटवलमा भएको कोइराला समूहका नेताहरूको भेलाले शम्शेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको हो ।nsu rupandehi.jpg

    समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कँडेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पङ्गेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रेष्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठ लगायत छन् ।

    समानान्तर कमिटी गठनको भेलामा  कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे,जिल्ला सहसचिव विष्णु थापा, लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना,  प्रदेश सदस्यहरू रामबहादुर कार्की, दीर्घबहादुर केसी,  क्षेत्र नम्बर २ सभापति पर्शुराम ढकाल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, क्षेत्र नम्बर ४ सभापति मुकेश यादव, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी पौडेल, पूर्वजिल्ला सचिव हेमराज अर्याल, रुपन्देही २ का सभापति खड्क बहादुर महत, बुटवल नगरसचिव छाया पन्थलगायत उपस्थित थिए ।

    यसअघि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ रुपन्देही अध्यक्षको जिम्मेवारी सन्दीप पाण्डेलाई दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology