Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरपालिका र रक्तसञ्चार केन्द्रबिच रगत नि:शुल्क गर्ने सम्झौता

बुटवल उपमहानगरपालिका र रक्तसञ्चार केन्द्रबिच रगत नि:शुल्क गर्ने सम्झौता

  • 1.1K
    SHARES

  • बुटवल उपमहानगरपालिका र रक्तसञ्चार केन्द्रबिच रगत नि:शुल्क गर्ने सम्झौता

    बुटवल,माघ १८ ।

    बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा नि:शुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । 

    रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

    बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

    उहाँले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनैपनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नुनपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताउनुभयो ।

    समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology