Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संस्थापनइतर विद्यार्थी नेताहरूको माग : नेविसंघमा अवैधानिक नियुक्ति खारेज हाेस्

संस्थापनइतर विद्यार्थी नेताहरूको माग : नेविसंघमा अवैधानिक नियुक्ति खारेज हाेस्

  • 1.1K
    SHARES

  • संस्थापनइतर विद्यार्थी नेताहरूको माग : नेविसंघमा अवैधानिक नियुक्ति खारेज हाेस्

    बुटवल,माघ १८ । 

    नेपाली कांग्रेसको संस्थापनइतर समूहका विद्यार्थी नेताहरूले नेविसंघको केन्द्रीय अध्यक्षले गुटगट स्वार्थका आधारमा अवैधानिक निर्णयबाट गरिएका नियुक्तिहरू मान्य नहुने भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।

    ती नियुक्तिहरू नेविसंघको विधान सातौँ संशोधन २०७५ को धारा ३१ र ३४ तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय नं  २ विपरीत रहेको उनीहरूको ठहर छ।

    संस्थापनइतर समूहका विद्यार्थी नेताहरूले सामूहिक रूपमा उपत्यकामा उपलब्ध नेताहरूको उपस्थितिमा विज्ञप्ति जारी गर्दै विधि विधानविपरीतका निर्णय तत्काल खारेज गरी विधिवत् अधिवेशन गर्न माग गरेको विद्यार्थी नेता भुवन भट्टले बताए।

    ‘चैत्र ५ गते हुन लागेको स्ववियु चुनावको तयारीमा त्रिवि अगाडि बढिसकेको अवस्थामा पनि पार्टी नेतृत्वको गैरजिम्मेवारीका कारण संगठनलाई एक व्यक्तिमा सीमित गरिनु र संघको वैधानिक पूर्णताका लागि जिम्मेवार नहुँदा नेविसंघले अपेक्षित परिणाम ल्याउन नसक्ने कुरामा हामी चिन्तित छौँ,’ उनले भने।

    nsu a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology