Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन

रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन

  • 1.1K
    SHARES

  • रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन

    बुटवल,माघ १८ । 

    रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन भएको छ । कुँवर सेवा समाज रुपन्देहीले  एक कार्यक्रमका बीच मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवामा राष्ट्रिय विभूति वीर बलभद्र कुँवर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेको हो ।

    उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले नेपालको इतिहासलाई हेर्दा कुँवरको योगदान महत्वपूर्ण रहेको बताउँदै मुलुकभरका कुँवरहरु एक जुट भएर लाग्नुपर्ने बताए । उनले विभिन्न जिल्लाबाट छरिएर आएका कुँवरहरु रुपन्देहीमा एकजुट भएर इतिहास जोगाइराख्न बलभद्र कुँवरको नाममा स्मृति प्रतिष्ठान गठन गरी भवन बनाएकोमा खुसी व्यक्त गर्दै संरक्षण गर्ने जिम्मा कुँवर परिवारको रहेको बताए ।

    मायादेवी गाँउपालिकाका अध्यक्ष ध्रव नारायण चौधरीले विगतका वर्षहरुमा पनि कुवँर समाजको भवन निर्माण कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस भवनको थप विकासमा गाँउपालिकाबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता गरे ।

    कार्यक्रममा बोल्दै मायादेवी गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष चोक बहादुर थापाले कुवँरहरुलाई सधै एउटै छानामा बाधेर एक गराउनका लागि एक अभियान हुनुपर्ने बताए । उनले कुवँर समाजलाइ थप गतिशिल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

    समाजका अध्यक्ष दलकुमार कुँवरले कुँवरको इतिहास बलिदानीपूर्ण रहेको बताउँदै भवन निर्माणका लागि कुँवर वंशज र समाजसेवीहरुको सहयोगले निर्माण गर्न सफल भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology