Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नविन औद्योगिकमा नमुना संसद अभ्यास कार्यक्रम

नविन औद्योगिकमा नमुना संसद अभ्यास कार्यक्रम

  • 2.2K
    SHARES

  • नविन औद्योगिकमा नमुना संसद अभ्यास कार्यक्रम

    बुटवल,माघ १८ । 

    बुटवल ११ मा रहेको नविन औद्योगिक कदरबहादुर रिता माबिमा नमुना संसद अभ्यास कार्यक्रम भएको छ । नविन बिद्यार्थी क्लव र बिद्यालयको संयोजनमा माध्यमिक बिद्यालय स्तरीय नमुना संसद  कार्यक्रम भएको हो ।

    मुलुक संघीय गणतन्त्र अनुसार लोकतान्त्रिक प्रणालीमा सञ्चालन रहेको अवस्थामा सो बारे कानूनका विद्यार्थीलाई जानकारी लिन र अभ्यास गर्नका लागि उक्त अभ्यास गरिएको प्रधानाध्यापक प्रेम बस्नेतले बताए ।नमूना संसदमा विद्यार्थीहरुले संसदीय व्यवस्था र पद्धतिअनुसार संसदभित्र सांसदको भूमिका निर्वाह गरेका थिए ।

    उनीहरुल सत्तापक्ष, प्रतिपक्ष,सभामुख, सांसद लगायतको परिचय, भूमिका र जिम्मेवारी निर्वाह गरेका थिए । नमूना संसदमा कानुन  समुहका बिद्यार्थी बिनोद खत्रीले सभामुख र जुना परियारले उपसभामुखको भूमिका निर्वाह गरेका थिए।नमूना संसदमा विद्यार्थी सांसदहरुले विधेयक माथि छलफल पनि गरेका थिए ।

    सरकार पक्षद्वारा पेश गरिएको विधेयक प्रस्तुतमा विरोधदेखि पेश भइसकेपछि छलफल गर्नुका साथै शून्य समयमा पनि दुबै पक्षका सांसदद्वारा विभिन्न विषयहरुको उठान भएको थियो । त्यसैगरी सरकारपक्षद्वारा पेश गरिएको विधेयकमाथि छलफलसहित बहुमतले पारित गर्ने प्रावधान समेत नमूना संसदले पेश गरेको थियो ।

    नमूना संसदमा विद्यार्थीहरुले शिक्षा,स्वास्थ्य,नागरिकता बिधेयक,खानेपानी समस्या,शिक्षा नीति,सामाजिक अवस्था लगायतका मुद्धाहरु शसक्त रुपमा उठाएका थिए ।सो अबसरमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले जनताको हित र आवश्यकता अनुसार नेतृत्व गर्नेहरु मात्रै वास्तविक नेता हुने बताइन् ।

    सो अबसरमा बैतडीका  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,बिशिष्ट अतिथि बरिष्ट अधिवक्ता शालिकराम बञ्जाडे,बुटवल बहुमुखी क्याम्पस सहायक प्राचार्य तथा कानुन शंकाय प्रमुख जिवनारायण अधिकारी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल,कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल,लुम्बिनी बौद्ध विश्वबिद्यालय बुटवलसिटि क्याम्पसका प्राचार्य बद्रि गौतम ,नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, विज्ञान समुहकी विद्यार्थी अंकित पराजुली लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

    नवीन विद्यार्थी क्लवका कार्यक्रम संयोजक विवेक कुमार मिश्रको अध्यक्षतामा नवीन विद्यार्थी क्लवकी अध्यक्ष जुना परियारको संचालनमा कार्यक्रम भएको थियो । नविनमा ४ हजार १ सय बिद्यार्थीमध्ये १सय १७ जना कानुन अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology