Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी कांग्रेसले गर्यो २१ वटा विभागीय प्रमुखको मनोनयन

लुम्बिनी कांग्रेसले गर्यो २१ वटा विभागीय प्रमुखको मनोनयन

  • 1.8K
    SHARES

  • लुम्बिनी कांग्रेसले गर्यो २१ वटा विभागीय प्रमुखको मनोनयन

    बुटवल,माघ १८ । 

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले २१ वटा विभागका प्रमुखहरू नियुक्त गरेको छ । 

    नयाँ नेतृत्व चयन भएको १४ महिनापछि  कांग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ (क) र (झ) मा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख मनोनयन गरेको मुख्यसचिव मोहनराज शर्माले जनाएका छन् ।

    सभापति पुनले संगठन विभागमा प्युठानका सुवास केसी (क), प्रदेश कानुन तथा संसदीय मामिलामा पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागमा प्युठानका अमरप्रसाद भण्डारी, प्रचार विभागमा दाङका प्रचण्ड विक्रम न्यौपाने, संस्था समन्वय विभागमा नवलपरासीका विश्व प्रेम पाठक, भाषा, कला, साहित्य विभागमा प्युठानका सुवास केसी, शिक्षा तथा विज्ञान प्रविधिमा अर्घाखाँचीका डा. जयबहादुर टण्डन, स्वास्थ्य विभागमा बाँकेका अञ्जना पाण्डे, गैसस तथा सामाजिक सेवा विभागमा कपिलवस्तुका रविन्द्रनाथ ठाकुर, अनुगमन विभागमा दाङका देवनारायण चौधरी, युवा तथा खेलकुदमा रुपन्देहीका दीर्घ बहादुर केसीलाई मनोनयन गरेका छन् ।

    त्यसैगरी शान्ति सुरक्षामा कपिलवस्तुका विक्रमसिंह थापा, ट्रेड युनियनमा रुपन्देहीका शान्ति शर्मा, अन्य पार्टी सम्पर्क विभागमा रुपन्देहीका रामबहादुर कार्की, तरुण समन्वय विभागमा बाँकेका टेकनारायण भुसाल, निर्माण व्यवसायीमा बर्दियाका भेषराज पौडेल, महिला समन्वयमा अर्घाखाँचीका शान्ता भण्डारी, सहकारी विभागमा रुपन्देहीका लीलाकुमारी पौडेल,वातावरण विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठ, आदिवासी जनजातिमा गुल्मीका छन्द पहराई, यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठले प्रमुखको जिम्मेवारी पाएका हुन् ।

    ०७८ मंसिर २० मा भएको प्रदेश अधिवेशनमा समितिमा उपसभापतिसहित २ सदस्य मात्रै संस्थापन समूहबाट जितेका थिए भने पछि एक जना मनोनीतमा परेका थिए ।nc list.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology