Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘वर्तमान समयमा प्रविधिमैत्री शिक्षा नै उपयुक्त’

‘वर्तमान समयमा प्रविधिमैत्री शिक्षा नै उपयुक्त’

  • 3.7K
    SHARES

  • ‘वर्तमान समयमा प्रविधिमैत्री शिक्षा नै उपयुक्त’

    बुटवल, मंसिर ६-
    वातावरणविद तथा अधिवक्ता युवराज कंडेलले वर्तमान समयमा प्रविधिमैत्री शिक्षा उपयुक्त भएको बताएका छन । कोभिड १९ का कारण प्रत्यक्ष विद्यालयमा अध्ययापन गराउन कतिपय स्थानमा समस्या हुने भन्दा प्रविधिको सदुपयोग गरेर शिक्षा प्रदान गर्नु उपयुक्त भएको बताएका हुन ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४९ औँ नियमित बैठक तथा कोभिड १९ को प्रभावको बारेमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षक समेत रहेका उनले वातावरणलाई सकारात्मक प्रभाव परेको बताए ।

    नेपालका उद्योगहरुले उत्पादन गर्ने भन्दा पनि सिमापार भारतमा हुने प्रदुषणको प्रभाव नेपालमा परेको उनले बताए । जसका कारण सिमा क्षेत्रका पुरातात्विक स्थलहरुमा प्रभाव परेको कडे‌लले दाबी गरे ।

    स्थानिय सरकारका लागि यो विकासको एउटा अवसर भएपनि यसलाई सहि ढंगले लिन नसकेको उनको दाबी छ । स्वदेश फर्किएका युवाहरुलाई रोजगार दिने गरि योजनाहरु कार्यान्वनमा ढिलाई भएको उनको दाबी छ ।

    क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड १९ अहिले विश्व मानवलाई नै समस्यासंगै अवसर पनि भएको बताए । क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, रोट्या्क्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका उपाध्यक्ष कृष्ण भण्डारी, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य दुर्गा नेपालले सामाजिक कार्यमा हातेमाले जरुरी रहेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology