बुटवल,माघ १७ ।
नयाँगाउँ माध्यामिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा अक्षयकोषको स्थापना गरिएको छ । एक समारोहका बिच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले मूल समारोह म र नवनिर्मित भवनको उद्घाटन गरे ।
उनले शिक्षा र स्वस्थ्यमा आम नागरिकको सहज पहुच हुनुपर्ने बताए । सांसद श्रेष्ठले गरिबी निबारणका लागि सरकारले शिक्षामा लगानी,श्रोतको बृद्धि,स्रोतको पहिचान गरेर अघि बढ्नुपर्ने बताए । उनले शिक्षा पहिलो सर्त र त्यसपछि भौतिक पूर्वाधारका काम हुनुपर्ने धारणा राखे ।
सो अबसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले ४ लाख रुपैया दान गरि पहिलो दाताबाट अक्षय कोष स्थापना गरेका छन । गरीब तथा जेहेन्दार छात्रबृत्ति अक्षयकोषमा पहलिोदिनमै बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले १ लाख १ हजार ,शिक्षक धनेश्वर अर्यालले ५० हजार तथा अन्य शिक्षक ,दाताहरुबाट करिब लगायतगरि करिब १० लाख संकलन भएको छ । यसलाइ १ करोड पुर्याइने जनाइएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले रुपन्देहीमा नयाँगाउँ माबिको बेग्लै पहिचान बनेको र पाँचबर्षमा नमुना बिद्यालय बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।
उनले बिद्यालयको बिकासमा सबैको हातेमालो हुन जरुरी रहेको धारणा राखे ।उनले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरि बाल क्लब, विभिन्न खेलकुद गतिविधिका साथै अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिदै आएको बताए । विद्यालयको भौतिक पुर्वाधार निर्माण र आफ्नै खेलमैदान निर्माण गर्ने पहल थालेको भन्दै यसमा आवश्यक सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद काफ्लेले एउटा सानो झुपडीबाट शुरु भएर अहिलेको अवस्थामा आईपुग्दा धेरै परिवर्तन आएको बताए । बुटवल तिनाउ पश्चिममा सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयका प्रमुख दिपेन्द्र ढकाल,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका मित्रमणी खनाल, वडा नं १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्मा, सल्लाहकार घनलाल बस्याल,शिक्षक रामप्रसाद बन्जाडे लगायतले नयागाउ क्षेत्रलाइ शिक्षामा नमुना बनाउनुपर्ने बताए । सो अबसरमा नयाँगाउँ दर्पण २०७९ स्मारिका विमोचन गरिएको थियो ।
विद्यालयमा रहेका ५० जना मध्ये बाल शिक्षिका अन्जु सिह ठकुरी, रामप्रसाद बन्जाडे, पार्वती केसी, सुर्य बहादुर राना र कर्मचारी राशि कुमारी मल्ल गरि ५ जना उत्कृष्ट शिक्षक, तथा अन्य सबै शिक्षक तथा उत्कृष्ट कर्मचारी, अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुको सर्वाङ सुन्दर ब्यायाम, नृत्यहरु प्रदर्शन गरिएको थियो भने बिभिन्न बिधा र खेलकुद प्रतियोगिमा उत्कृष्ट भएका बिद्यालयहरुका बिद्यार्थीलाइ समेत पुरस्कार प्रदान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)