Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल ट्राफिकचोकमा १ सय प्रकारका चिया पाइने,पाण्डेले खोले ‘चियावाला’को चौँथो शाखा

बुटवल ट्राफिकचोकमा १ सय प्रकारका चिया पाइने,पाण्डेले खोले ‘चियावाला’को चौँथो शाखा

  • 11.5K
    SHARES

  • बुटवल ट्राफिकचोकमा १ सय प्रकारका चिया पाइने,पाण्डेले खोले ‘चियावाला’को चौँथो शाखा

    बुटवल,माघ १६ ।

    बुटवलको ट्राफिक चोकमा ‘चियावाला’को चौँथो शाखा शुभारम्भ गरिएको छ । बुटवलका युवा ब्यवसायी गणेशदेव पाण्डेले ‘चियावाला’ खोलेका हुन् । यहाँ १ सय प्रकारका चिया पाइने उनले बताए । 

    ४० रुपैयाँ देखि ८ सय रुपैयाँको विभिन्न स्वादका चिया विक्री गर्ने सञ्चालक पाण्डेले नागरिक अनलाइनलाई बताए । ७० बर्षिय वुवा घनश्याम पाण्डेले सुरुवात गरेको चिया लाई मौलीक र नयाँ आर्टमा जाडेर चिया पसल सुरुवात गरिएको सञ्चालक पाण्डेको भनाई छ । 

    ‘यसरी हामी हजुरबुबाकै पालादेखि चियावाला हौं,’ गणेशले भने, ‘हजुरबुबा अन्जानमा चियावाला हुनुभयो। बुबा बाध्यतामा, म त्यसैलाई निरन्तरता दिने क्रममा।’उनले सुनाए ।

    काठमाडौंमा ३ वटा शाखा रहेको‘चियावाला’ले बुटवल ट्राफिक चोकमा नयाँ शाखा चलाएको हो ।बुटवलमा सुरुवात भएको यो आउटलेटमा ७ जना भन्दा बढि महिला कर्मचारीहरुले रोजगारी पाएका छन् ।

    चिया मात्रै विक्रि गर्दै आएको चियावालाले अगामी दिनमा अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । पाण्डेका तीनपुस्ताले चिया ब्यापारी हुन् ।

    बुटवलमा घनश्यामले सानो काठको टंकीमा चिया पसल सुरु गरेका थिए। गणेश त्यही पसलमा जन्मिए। ‘बुबाले चिया पसल खोल्नु त्यो समयको आवश्यकता थियो। जीविकोपार्जनको माध्यम। हामी सबैलाई पसलबाटै पाल्नुभयो। उहाँ र उहाँको पेसालाई सम्मान दिन पनि म चियावाला बनेको हुँ,’ गणेशले भने।

    उनको चिया पसलमा ‘सन् १९५६ देखि सञ्चालित’ छ।  हजुरबुबा यज्ञप्रसादले नै चियाको व्यवसाय सुरु गरेका रहेछन्। गणेशले चियावालाको सञ्चालन मितिलाई हजुरबुबाको पालादेखि नै जोडेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology