Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन,अध्यक्षमा गहतराज

रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन,अध्यक्षमा गहतराज

  • 1.4K
    SHARES

  • रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन,अध्यक्षमा गहतराज

    बुटवल,माघ १६ ।

    रुपन्देहीमा शहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । बुटवलमा सोमबार सम्पन्न भेलाले सुन्दर गहतराज अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

    प्रतिष्ठानको उपाध्यक्षमा मुक्ति अधिकारी ,सचिवमा मुक्तिप्रसाद भट्टराई ,सहसचिवमा  कृष्णमाया राना,कोषाध्यक्षमा काशिराम पौडेल,सदस्यहरुमा हरिहर श्रेष्ठ,माधव प्रधान,मिना जिसी, बाबुराम नेपाल रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा बालकुमारी भण्डारी ,टेकबहादुर थापा,महेन्द्र थापा,बसन्तप्रसाद ढकाल, गणेश शर्मा,कानुनी सल्लाहकारमा खडानन्द भण्डारी र प्रेस सल्लाहकारमा कपिल ज्ञवाली रहेका छन् ।

    प्रतिष्ठानका प्रदेश संयोजक काजिमान श्रेष्ठ तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस प्रदेश सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यमा भेला भएको हो । सो अवसरमा बोल्दै कांग्रेस नेतृ बालकुमारी भण्डारीले कांग्रेसलाई समयसापेक्ष चलाउनुपर्ने र शहिदहरुको सम्मानमा सधैँ लाग्नुपर्ने बताइन् ।

    उनले रुपन्देहीका शहिदहरुको पहिचान गर्नुपर्ने बताइन् ।प्रतिष्ठानका प्रदेश संयोजक काजिमान श्रेष्ठले रुपन्देहीमा सबैसहिद अटाउनेगरि  शहिद स्मृति पार्क निर्माणका लागि पहल गर्ने बताए ।

    कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सचिव बिमलराज भट्टराईले नेपालमा  अझै पनि उन्नत लोकतन्त्रआएको अनुभुति नभएको बताए । उनले बुटवलको पहिचान झल्कने काम गर्नका लागि बृहद योजनासहितको साझा सहिदपार्क बनाउनुपर्ने बताए ।

    सल्लाहकार टेकबहादुर थापा,महेन्द्र थापा लगायतले बोल्दै  शहिदहरूको खोज अनुसन्धान,परिवारको सम्मान,शालिक निर्माण गर्नुपर्ने बताए ।

    प्रतिष्ठानको पहिलो बैठकले रुपन्देहीको उपयुक्त स्थान छनौट गरि चार शहिदको शालिक र जिल्लामा बिभिन्न आन्दोलनमा ज्यान गुमाएकासबैलाई समेटेर शहिद स्मृति पार्क निर्माणकालागि पहल गर्ने निर्णय गरेको छ ।प्रतिष्ठानले माघ १६ गते सहिददिवसको अवसरमा शहिदप्रति श्रद्धाञ्जली तथा प्रथम भेला गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology