बुटवल,माघ १६ ।
पाल्पाको तिनाउ ३ भुतखोला पाेखरीमा एक युवाको डुबेर मृत्यु भएको छ । फोटो खिच्ने क्रममा पोखरीमा डुबेर आइतबार दिउँसो पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको हो ।
पठान र रुपन्देहीको सिद्धार्थनगर-४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।
जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्यइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।
भुत खोला पाल्पामा घुम्नका लागि लाेकप्रिय ठाँउ मानिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)