भैरहवा, माघ १५ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा कमल रायमाझी, श्यामशंकर पाण्डे, महासचिवमा शंकर प्रसाद पाण्डे, सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा राधेश्याम विश्वकर्मा र सह–कोषाध्यक्षमा पुनहरि बेल्बासे रहेका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, शशि पन्थी, मोहम्मद हबिब, विष्णु भट्टराई, पशुपति यादव र प्रतीक पौडेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद ढकालले बताए । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी र तालिम समिति संयोजकमा उषा केसी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शर्माले कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न अहोरात्र खट्नुहुने टीमलाई धन्यवाद दिइन् । उनले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘यसअघि भएका राम्रो कार्यलाई निरन्तरता दिदै एकताबद्ध भएर अघि बढ्छौं ।’
अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पूर्वमन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबको भवनमा आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)