Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाम धुव्रीकरणको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्छ : घनश्याम भुसाल

बाम धुव्रीकरणको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्छ : घनश्याम भुसाल

  • 1.2K
    SHARES

  • बाम धुव्रीकरणको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्छ : घनश्याम भुसाल

    बुटवल, माघ १४ ।

    नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले २१ औं शताब्दिको पार्टी बनाउने बताएका छन् । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले विचार, सिद्धान्त र मुद्धाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्यूनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका हुन् । 

    उनले नेकपा एकिकृत समाजवादी पार्टीले नवौं महाधिवेशनले पारित गरेको नीति विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताए । उनले समाजवादी पार्टीको आफ्नै परिचय सहित स्थापित हुने बताए । उनले समाजवादी तत्तकाल कोही कसैसँग ढल्कने, टाँसिने गरि अगाडि नबढने स्पष्ट पारे ।

    उनले माघ २१ र २२ गते हुने केन्द्रीय कमिटिको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए । नेता भुसालले वामदेव गौतम र भिम रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको बताए । 

    उनले अब मूलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने बताए । नेकपा एकिकृत समाजवादीमा समाहित भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका भुसालले अब पार्टी निर्माणलाई गती दिन कार्यकर्तालाई आग्रह समेत गरे ।

    कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहकार रामचन्द्र भट्टराई,केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङ, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले कम्यूनिष्ट विचारमा प्रष्ट र प्रखर भुसालको आगमनले उत्साह थपेको बताउँदै अब कम्यूनिष्ट पार्टी निर्माण हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रम पार्टी जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, उपसचिव थानेश्वर खरेलको सञ्चालनमा सम्पन्न भएको जिल्ला सचिवालय सदस्य लाेकराज शर्माले नागरिक अनलाइनलाई जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology