Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पत्रकार महासंघ रुपन्देहीद्वारा स्व. पत्रकार एनवि कंडेल परिवारलाई एक लाख १० हजार सहयोग 

पत्रकार महासंघ रुपन्देहीद्वारा स्व. पत्रकार एनवि कंडेल परिवारलाई एक लाख १० हजार सहयोग 

  • 1.2K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीद्वारा स्व. पत्रकार एनवि कंडेल परिवारलाई एक लाख १० हजार सहयोग 

    बुटवल, माघ १४ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यू भएका सदस्य पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ सहयो प्रदान गरेको छ ।

    महासंघले बुटवलमा आयोजना गरेको कार्यक्रमका विच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मृतक कंडेलको श्रीमती मञ्जु टण्डन कंडेललाई चेक हस्तान्तरण गरेका हुन् ।  बुटवल स्थित ग्लोबल अनलाइनका सम्पादक कंडेलको गत मंसिर २ गते सवारी दुर्घटनामा परि मृत्यू भएको थियो ।

    महासंघ रुपन्देहीले सदस्यहरुका लागि शिखर इन्स्योरेन्स मार्फत गरेको  दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरिएको हो ।

    दुर्घटना विमा मार्फत कंडेललाई रकम सहयोग गरेको सचिव विनोद परियारले जानकारी दिए । यसैगरि सोही अवसरमा केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि उपचार सहयोग रकम प्रदान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology