Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इन्टलेक्चुअल स्कूलमा खेलकुद पुरस्कार वितरण

इन्टलेक्चुअल स्कूलमा खेलकुद पुरस्कार वितरण

  • 786
    SHARES

  • इन्टलेक्चुअल स्कूलमा खेलकुद पुरस्कार वितरण

    बुटवल, माघ १४ ।

    बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा खेलकुद सप्ताहमा उत्कृष्ठ बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गरीएको छ ।

    खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराइएको थियो ।

    नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदकलापमा, साइकिल दौड, बास्केटबल,खो खो लागायतमा ४० इभेन्टहरुमा प्रतिस्प्रर्धा गराईएको थियो ।

    पुरस्कार तथा मेडल स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनी , प्रबन्ध निर्देशक रामराज पोख्रेल, संचालक सदस्य लक्ष्मण कुँवर, कोर्डिनेटर माया पौडेल, मित्रजन भण्डारी, अतिरिक्त क्रियकलाप संयोजक मनोज क्षेत्री, शिक्षक,सुरज विक लगाएतले बितरण गर्नुभएको थियों ।

    खेलासप्ताह माघ ३गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology