Logo बुधवार, श्रावण १३ गते २०८३
images

निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन काँग्रेस रुपन्देहीकोे पत्राचार

निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन काँग्रेस रुपन्देहीकोे पत्राचार

  • 996
    SHARES

  • निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन काँग्रेस रुपन्देहीकोे पत्राचार

    भैरहवा, माघ १४ ।
    सघिंय र प्रदेश सभा निर्वाचनको समिक्षा प्रतिबेदन तत्काल बुुझान नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय समितीलाई परिपत्र गरेको छ ।

    निर्वाचन लगत्तै जिल्ला कार्य समितीले क्षेत्रीय समिती मार्फत प्रदेश, नगर, गाँउपालीका हुदै बडा तहमा बैठक गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिबेदन जिल्लामा बुुझाउनुु पर्ने निर्णय गरेको थियो ।

    तर केही क्षेत्रबाट अझै पनि प्रतिबेदन नआएकाले शुक्रवार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्त भित्र पठाउन निर्देसन गर्दै पत्राचार गरेको सचिव हरी काफ्लेले जानकारी दिए । बडा हुदै आएको समिक्षा तथा सुुझावलाई जिल्ला कार्यसमीतीमा छलफल गरीने छ । निर्वाचनमा भएका कमीकमजोरी सच्याउदै अन्तरघात गर्नेलाई कार्वाही गर्ने उदेश्यले पार्टीले बडा तहसम्मै छलफल रबैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।

    यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन निर्धारीत समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको सयोंजकत्वमा तयारी समीती समेत गठन गरेको छ ।

    समितीमा सम्बन्धीत क्षेत्रमा रहेका जिल्ला पदाधीकारी, सदस्य, प्रदेस सभापति, नगर तथा पालीका सभापति, बडा सभापति, जनप्रतिनिधी तथा पुुर्व नेविसघंका सभापति लगायत रहने ब्यबस्था गरीएको छ । त्यस्तै यही माघ १६ गते पार्टी कार्यालय भैरहवामा सहीद दिवस मनाउने निर्णय समेत भएको सभापति खाणले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology