बुटवल,माघ १४ ।
नेपाली कथानक चलचित्र फूलबारीको टिम शनिबार बुटवलमा आईपुगेको छ । फागुन ५ गते प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक तथा कलाकार कालिप्रसाद बास्कोटासहित निर्माता, निर्देशकको टिम बुटवलमा आएको हो। चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो।
यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथा र निर्देशक रामबाबु गुरुङको निर्देशनमा फिल्म बनेको हो। बुटवलका फिल्म निर्माता मनिष ढकालले वतर्मान नेपाली घरघरको कथा फूलबारी भएको बताए। कार्यक्रममा कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नया भुमिका गर्न खोज्ने बताए। चलचित्रमा नया क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको उनले बताए।
जयनारायण सरको रिटायर्ड मास्टरको भुमिकामा देखिने छु। -उनले भने। परिवार बिनाको मानिसको कल्पना गर्न नसकिने भन्दै यहि पारिवारिक कथा चलचित्रमा रहेको हुदा दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए।
चलचित्र ईलाम, बुटवलर काठमाडौमा सुटिङ भएको छ । लामो अनुभव र नेपालमा नदेखिएको नया पारिवारिक स्तरिय चलचित्र तयार भएको उनले दाबी गरे। कार्यक्रममा नायिका प्रियंका कार्कीले विभिन्न पात्रहरुले परिवारको सदस्यहरुको बिचमा हुने जिवन्त सम्बन्धलाई देखाउन खोजिएको बताए।
ञहाम्रो नेपाली कथा हो।झ९उनले भने। फुल फेमिली ड्रामा चलचित्रमा रहेको उनले बताईन । यसले एउटा सन्देश दिन खोजेको समेत बताईन। फुलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने बताए। ससाना विषयमा हुने विवाद, संवाद, मनमा बिझाउने खालको फिल्म बनेको उनले दाबी गरिन।
टिम नेपालका मुख्य पाच स्थान प्रचारमा जाने उनले बताए। बुटवलबाट शुरु भएको टिम पोखरा, चितवन, ईटहरी,बिर्तामोड पुग्ने छ। चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठको अध्यक्षता तथा सचिव बिकास गाैतमको संचालनमा पत्रकार सम्मेलन भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)