Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले भन्यो- ‘उद्योग व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना भएन’

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले भन्यो- ‘उद्योग व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना भएन’

  • 1.6K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले भन्यो- ‘उद्योग व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना भएन’

    बुटवल,माघ १३ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले प्रेमप्रसाद आचार्यको आत्मदाह लगायतका प्रकाशमा आएका घटना प्रतिनीधिमुलक घटना भएको बताएको छ ।

    संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी प्रेमप्रसाद लगायतका घटनाले समग्र निजी क्षेत्रलाई मर्माहित र गम्भीर बनाएको बताएको हो । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र महासचिव बिमलराज भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा अविलम्ब व्यवसायिक वातावरण सुधारको सम्बोधनका लागि जोडदार मागगरिएको छ ।

    मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७० प्रतिशत भन्दा बढीको योगदान गरेको निजी क्षेत्रलाई प्रवद्र्धन र संरक्षण गर्नुको साटो राजस्व संकलनको माध्यम मात्रै ठानेको भनिएको छ ।

    ईलामका व्यवसायी प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा गम्भीर प्रश्नहरु उठान गरी यहि माघ १० गते संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो ।

    प्रहरीले उद्धार गरी उहाँको उपचारका क्रममा माघ ११ गते विहान निधन भएको थियो । संघले जारी गरेको विज्ञप्तीमा यस अगाडि विराटनगर, लाहान, पर्सा, नेपालगञ्ज र केही महिना अगाडि बुटवलमा पनि यस्तै घटना भएको उल्लेख गरिएको छ ।

    यस्ता घटना दोहोरिन नदिन देशमा उद्योग व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना गर्न सरकारसँग अनुरोध गरिएको छ ।buu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology