बुटवल,माघ १३ ।
मौलिक जरोकिलो लुम्बिनी प्रदेशको आयोजनमा जरोकिलो महाअभियानको ७ औँ संकल्प दिवस बुटवलमा मनाईएको छ ,संकल्प दिवस तिथि अनुसार प्रत्यक बर्षको माघ शुक्ल पन्चमि ,वसन्त पन्चमिमा मनाउने गरिन्छ ।
कार्यक्रमको अध्यक्षता मौलिक जरोकिलो पार्टीको उपाध्यक्ष एस पि खनाल ईन्द्रेणीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता मौलिक जरोकिलो पार्टी केन्द्रिय समिति सदस्य संगिन श्रेष्ठले गर्नुभएको थियो ।
सोही अवसरमा प्रदेश महासचिव जीवन भण्डारीले मौलिक जरोकिलो पार्टी प्रतिक्रिया ,लहड र पपुलिष्ट एजेन्डाबाट जन्मेको पार्टी नभइ लामो समयसम्मको अनुसन्धान पद्धति ,अनुष्ठान र साधानाले सुबिचारित ढङ्ले जन्मेको बिचारधारालाई केन्द्रमा राख्ने पार्टि रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)