Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी मुसिकोटको पौदी अमराईमा नि:शुल्क आँखा चेकजाँच हुने 

गुल्मी मुसिकोटको पौदी अमराईमा नि:शुल्क आँखा चेकजाँच हुने 

  • 822
    SHARES

  • गुल्मी मुसिकोटको पौदी अमराईमा नि:शुल्क आँखा चेकजाँच हुने 

    कौरव खत्री/ गुल्मी,माघ १३।

    गुल्मी मुसिकोटको पौदिअमराईमा निशुल्क आँखा चेकजाच हुने भएको छ । आउँदो माघ २१ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको पौदिअमराई स्वास्थ्य चौकीमा निस्शुल्क आँखा चेकजाच हुन लागेको मुसिकोट नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष  मोहन घिमिरेले जानकारी दिनुभयो ।

    मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको आयोजना तथा पौदिअमराई स्वास्थ्य चौकी र मुसिकोट नगरपालिका वडा नम्बर १ पौदिअमराई वडा कार्यालयको सहजीकरणमा आँखाका बिरामीहरुको लागि निशुल्क चेकजाच  गरिन लागिको वडाअध्यक्ष  घिमिरेले बताउनुभयो ।

    स्थानीय स्तरमा आँखाका बिरामी भए पनि आर्थिक लगायत अन्य समस्याले गर्दा नागरिकहरु सहज रुपमा स्वास्थ्य संस्थासम्म पुग्ने र आफ्ना समस्याहरुको निराकरण गर्ने बानी र परिस्थिति नभएकोले वडामै शिविर सञ्चालन गर्न लागिएको  वडा  अध्यक्ष घिमिरेले बताउनुभयो ।

     साथै शिविरमा विशेष गरि मोतिया बिन्दु भएका  आँखाका  बिरामीहरुलाई लक्षित गर्दै  शिविर सञ्चालन गर्न लागिएको हो ।  शिविरमा सेवा उपलब्ध हुने र धेरैभन्दा धेरै वडावासीहरुलाई सेवा लिन वडा अध्यक्ष घिमिरेले  आग्रह  गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology