Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

  • 933
    SHARES

  • लोकदोहोरी गायक भीम पौडेलको निधन

    बुटवल,माघ १३ ।

    चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११:२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।

    माघ १ गते पोखरामा भएको यतिको जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालको निधनपछि फेरि अर्को गायक गुमाउनु परेकोमा इन्द्रेणीका कृष्ण कँडेलले दुस्ख व्यक्त गरेका छन्।

    पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology