Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा पुरस्कार बितरण तथा सरस्वती पूजा

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा पुरस्कार बितरण तथा सरस्वती पूजा

  • 1.3K
    SHARES

  • तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा पुरस्कार बितरण तथा सरस्वती पूजा

    बुटवल,माघ १२ ।

    तिनाउ ईङ्लिस बोर्डिङ स्कुल बुटवल ११ मा एक समारोहका बिच पुरस्कार बितरण तथा सरस्वती पूजा गरिएको छ ।

    स्कुलमा शैक्षिक सत्र २०७७देखि २०७८ सम्म उत्कृष्ट अंक ल्याउने बिद्यार्थी तथा  बिभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट भएकाहरुलाइ पुरस्कृत गरिएको हो ।यसअघि अनुशासन, नृत्य, बिज्ञान प्रदशर्नी लगायतका बिधामा प्रतियोगिता भएका थिए । 

    स्कुलका संस्थापक प्राचार्य तथा अध्यक्ष  यज्ञमूर्ति पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा दिनभर बिद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरे भने बिभिन्न सांस्कृतिक नाचहरु प्रदर्शन गरिएको थियो ।

    सो अवसरमा प्याब्सन रुपन्देहीबाट पुरस्कृत शिक्षिक शान्ता शर्मालाइ नगद तथा प्रशंसापत्रले सम्मान गरिएको छ भने सामाजिक सेवा गरेको भन्दै शिक्षकहरु प्रदीप भण्डारी,मुना ज्ञवाली सुहाना परियार रिया श्रेष्ठ संघर्ष क्षेत्री लगायतलाइ नगदसहित सम्मान गरिएको छ ।

    यसअघि सम्पन्न भएका प्रतियोगिता तथा नतिजाहरुमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको प्राचार्य  सीता पाण्डेले बताउनुभयो । सो कार्यक्रम शिक्षक अग्निधर पोखरेल र शिक्षिकाकविता थापाले संचालन गर्नुभएको थियो ।scl.jpg

    tinau scla.jpgd.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology