Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व,अध्यक्षमा अधिकारी

नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व,अध्यक्षमा अधिकारी

  • 1.8K
    SHARES

  • नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व,अध्यक्षमा अधिकारी

    क्यालिफोर्निया अमेरिका ,माघ ११।

    नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व चुनिएको छ । समाजका आजिवन सदस्य रोशन अधिकारीको नेतृत्वमा समाजमा नयाँ कार्यसमिति चुनिएको हो ।

    दुई बर्षको कार्यकाल रहने समाजमा नयाँ कार्यसमिति चयन गर्नका लागि अग्नी चौलागाईको संयोजकत्वमा चन्द्र शिवाकोटी र डिल्ली थापा सदस्य रहेको निर्वाचन समिति बनाईएको थियो ।

    निर्विरोध बनेको कार्यसमितिको उपाध्यक्ष पदमा अर्जुन पौडेल , महासचिव पदमा शम्शेर भण्डारी, सचिव पदमा शम्भु शिवाकोटी तथा सदस्यहरुमा बविन थापा, नवराज मुडभरी, विदुर खड्का, मणिराम न्यौपाने र छत्र बहादुर बिष्ट चुनिनुभएको हो ।

    नयाँ नेतृत्व चुनिनु अघि समाजको साधारणसभा सम्पन्न भएको थियो । समाजका कार्यवाहक अध्यक्ष नविल पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । तत्पश्चात बनेको कार्यसमितिलाई समाजका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, सूर्य प्रसाई,चन्द्र शिवाकोटी, नविन पोखरेल, श्री पशुपतिनाथ फाउण्डेशनका अध्यक्ष रामेश्वर भण्डारी लगायतले धारणा राख्नुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष अधिकारीले आफू यही समाजमा १४ वर्षदेखि रहँदै आएकाले काम गर्न पनि सहज हुने विश्वास राख्नुहुँदैं समाजमार्फत रचनात्मक र सकारात्मक कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology