Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा बुटवलमा देउसी भैलो कार्यक्रम हुँदै

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा बुटवलमा देउसी भैलो कार्यक्रम हुँदै

  • 72
    SHARES

  • लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा बुटवलमा देउसी भैलो कार्यक्रम हुँदै

    बुटवल,कार्तिक २१ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शुभ दीपावली–२०८३ को अवसरमा बुटवलमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।

    प्रतिष्ठानले यही कार्तिक २३ गते सोमबार बुटवलस्थित बीपी चोकमा कार्यक्रम आयोजना गर्न लागेको हो । दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा प्रत्यक्ष दोहोरी, राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रममा सोरठी नाच, मारुनी नाचलगायत मौलिक नेपाली लोकसंस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति रहनेछन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देहीकी अध्यक्ष रितु थापा मगरले कार्यक्रमबारे नागरिक अनलाइनलाई जानकारी दिँदै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

    उहाँले दीपावलीको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै लोकगीत, संगीत र मौलिक नृत्यमार्फत पर्वको उल्लास थप्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो ।

    आयोजकले कार्यक्रममा उपस्थित भई नेपाली लोकसंस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology