Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनीमा माघ अन्तिम साता मोरारी बापूद्वारा ‘रामकथा प्रवचन’ हुँदै (LIVE VIDEO)

लुम्बिनीमा माघ अन्तिम साता मोरारी बापूद्वारा ‘रामकथा प्रवचन’ हुँदै (LIVE VIDEO)

  • 1.1K
    SHARES

  • लुम्बिनीमा माघ अन्तिम साता मोरारी बापूद्वारा ‘रामकथा प्रवचन’ हुँदै (LIVE VIDEO)

    बुटवल,माघ ११ ।

    भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापू लुम्बिनीमा ‘श्री रामकथा प्रवचन’ हुने भएको छ । ‘रामकथा प्रवचन’ सहितको धार्मिक कार्यक्रममा सहभागि हुन करिब २ हजार विदेशी श्रद्धालु लुम्बिनी आउने भएका छन् ।

    प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले लुम्बिनीमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । माघको अन्तिम साता लुम्बिनीमा भारतका आध्यात्मिक गुरु मुरारी बापूबाट ‘रामकथा प्रवचन’ हुनेछ । माघ २१ देखि २९ गतेसम्म हुने उक्त कार्यक्रमका लागि लुम्बिनीका अधिकांश होटेल अग्रिम बुक गरिएको छ ।

    ९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिनुभयो । प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    मुरारी बापूको यो कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा तय गरिएको थियो । तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रम संचालनका लागि लुम्बिनी विकास कोषले अनुमति दिएको छ । कार्यक्रममा भारत र विभिन्न तेश्रो मुलुकबाट पनि सहभागिता रहनेछ ।


    लुम्बिनीमा ९१२ वटा विरुवा रोपिने :

    माघ २१ का दिन मुरारी बापु भारतको दिल्लीबाट एउटा चार्टर विमानद्वारा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ । यस धार्मिक कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

    आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका आउनुभएको छ ।
    यसअघि भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ ।

    नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ ।

    लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउने कार्यक्रम रहेको कृष्णकुमार जालानले जानकारी दिनुभयो । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको आयोजकका प्रतिनिधि बिकास केडियाले जानकारी दिनुभयो ।

    कार्यक्रम सफल बनाउन गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रका अनुसार कोरोना महामारीपछि यति भव्य कार्यक्रम लुम्बिनीमा पहिलो पटक हुन लागेको हो ।

    प्रत्येक दिन तीन पटकसम्म ५ हजारभन्दा धेरैलाई निःशुल्क खानाका लागि भण्डाराको प्रबन्ध मिलाइएको छ । धेरै समयपछि एकै समयमा यति धेरै होटेल बुक हुँदा लुम्बिनीका होटेल व्यवसायीहरू पनि उत्साहित बनेको स्थानीय व्यवसायीहरू बताउँछन् । लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले उक्त धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जनभन्दा धेरै होटेल बुक भइसकेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology