बुटवल,माघ १० ।
जनता माध्यमिक बिद्यालय बुटवल ८ मा बिद्यालय ब्यबस्थापन समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा झपटबहादुर गुरुङ जेबी चयन हुनुभएको छ । सदस्यमा बुटवल ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी,चन्द्रबहादुर गुरुङ,बिना आले,सुनिता घर्ती,अम्बिका खनाल,सदस्य सचिवमा आशा बस्नेत थापा ,शिक्षक प्रतिनिधिमा रामप्रसाद पाण्डे रहेका छन् ।
छनौट समिति संयोजकमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत कमला चुदाली,सदस्यमा वडाध्यक्ष यज्ञप्रसाद पंगेनी,प्रधानाध्यापक आशा बस्नेत थापा रहनुभएको छ ।
नगर शिक्षा ऐन २०७४ को दफा २१ को १ को ख मा भएको ब्यबस्था अनुसार समिति चयन भएको र आफ्नो समितिले बिद्यालयको शैक्षिक साथै भौतिक स्तरबृद्धि गर्ने अध्यक्ष झपटबहादुर गुरुङ जेबीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)