Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा हुने ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहका २ खेलाडी खेल्ने

भारतमा हुने ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहका २ खेलाडी खेल्ने

  • 3.3K
    SHARES

  • भारतमा हुने ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहका २ खेलाडी खेल्ने

    बुटवल,माघ १० । 

    भारतको सिक्कीममा आयोजना हुन लागेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा रुपन्देहीका २ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।

    लाफा समूह बुटवलबाट व्यवसायीक रुपमा व्याडमिन्टन खेल्दै आएका दुई जना युवा भारतको सिक्किममा हुने सिड्डटम खुल्ला ब्याडमिन्टन प्रतियोगिता मा भाग लिन भारत प्रस्थान गरेका हुन ।

    सिक्किम राज्यको ग्यानटक मा हुनलागेको खुल्ला ब्याडमिन्टन टुनामेन्टमा लाफा समुह बुटबलका उदयमान खेलाडीहरु बिबेक न्यौपाने र मनोज फौदारको को समुह प्रतिस्पार्धामा भिड्ने छन् ।उनीहरु लाफा समुहले आयोजना गरेको बि लेभल खुल्ला व्याडमिन्टन प्रतियोगीताका विजेतमा समेत हुन ।

    लाफा समुहका अध्यक्ष बबिन थापा र समुहका संरक्षक बासुदेब लामिछानेले मंगलबार खादा लगाएर विदाई गर्दै विदेशी भुमिमा नेपालको नाम राख्नेगरी खेल प्रदर्शन गर्न सुझाव दिएका थिए ।

    स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सार्थक बनाउनको लागि उच्च मनोबलका साथ खेल प्रर्दशन गर्न उनले शुभकामना दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology