Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने

  • 1.2K
    SHARES

  • नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने

    बुटवल, माघ १० ।

    नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।

    सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी एमालेबाट सभामुख निर्वाचित भइसकेकाले राष्ट्रिय सहमति कायम गरी राष्ट्रपति पद कांग्रेसले लिनुपर्ने निर्णय गरेको हो । 

    बैठकपछि सहमहामन्त्री किशोरसिंह राठौरले भन्नुभयो, “संविधान र लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गर्न संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग छलफल गरेर सहमति कायम गर्ने निर्णय भएको छ ।”

    उहाँले राजनीतिक जटिलतालाई पार लगाउन पार्टी एकढिक्का बनाएर जाने निर्णय भएको बताउनुभयो । साथै संसद्मा प्रमुख प्रतिपक्षी दलको दाबी गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ ।  

    कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताउनुभयो । उहाँले राष्ट्रपति चयनका लागि हुने निर्वाचन आगामी फागुन २९ गतेभन्दा पर सार्न नहुने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचन कुनै पनि कारणले पछि सार्नुहुँदैन । समयमै सम्पन्न गर्नुपर्छ । कुनै कानुनी समस्या छन् भने ती कुरा समयमै समाधान गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने बैठकको निष्कर्ष छ ।”   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology