Logo बिहिवार, आश्विन १ गते २०८३
images

हेल्पर केयरिङ सर्कलको प्रथम वार्षिक उत्सव तथा सम्मान

हेल्पर केयरिङ सर्कलको प्रथम वार्षिक उत्सव तथा सम्मान

  • 1.0K
    SHARES

  • हेल्पर केयरिङ सर्कलको प्रथम वार्षिक उत्सव तथा सम्मान

    बुटवल,माघ ९ ।

    हेल्पर केयरिङ सर्कलको प्रथम वार्षिक उत्सव तथा सम्मान कार्यक्रम  सम्पन्न   भएको  छ । अध्यक्ष विश्वास घिमिरेको अध्यक्षता, प्रमुख अतिथी बुटवल उपमहानगरपालिका  नगर प्रमुख खेलराज पाण्डे रहनु भएको थियो ।  

    घिमिरेले  आफ्नो क्लबले  आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र सधै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन्।  यस क्लवले अहिलेसम्म विभिन्न कार्यक्रमहरु  गर्दै आएको छ ।

    आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको भनाइ राखेका थिए।प्रमुख अतिथि  खेलराज पाण्डेले  युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा  सधैं साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा राम्रा खालका सामाजिक कार्य गर्न समेत आग्रह गरे ।

    क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्न भन्दै र यस क्लवका अध्यक्ष विश्वास घिमिरेलाई जन्मदिनको शुभकामना  दिए।  बुटवल उपमहानगरपालिका वडानम्बर ११ का जनप्रतिनिधि  सदस्य नकुल शाहीले क्लबलाई उचाई माथि पुर्याएकोमा  सम्पूर्ण लाई बधाई तथा धन्यवाद ज्ञापन साथै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    बुटवल उपमहानगरपालिका वडानम्बर १ का जनप्रतिनिधि वडा अध्यक्ष नरेन्द्र बस्नेतले   सधैं मिलेर हातेमालो गर्दै कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष मनिसा पौडेलले  शुभकामना मन्तव्य दिनु भएको थियो ।

    कार्यक्रममा क्लबका कोषाध्यक्ष  गणेश खरेल,गायक भुवन खड्का , बिनोद विश्वकर्माको , नित्य पराजुलि, विष्णु पौडेल , खेमराज पाण्डे ,सचिव विशेष घिमिरे , सदस्य गणेश पौडेल , विक्रम तिवारी र अन्य  उपस्थित रहेको थियो। कार्यक्रम सञ्चालन क्लबका सदस्य सरिता बिकले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology