Logo बिहिवार, आश्विन १ गते २०८३
images

एभरेष्टमा ट्राफिक तथा लागुपदार्थ दुर्व्यसनी विरुद्धको सचेतना

एभरेष्टमा ट्राफिक तथा लागुपदार्थ दुर्व्यसनी विरुद्धको सचेतना

  • 2.6K
    SHARES

  • एभरेष्टमा ट्राफिक  तथा लागुपदार्थ दुर्व्यसनी विरुद्धको सचेतना

    बुटवल,माघ ९ ।

    बुटवल सुख्खानगरस्थित एभरेष्ट इबो स्कुलमा ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसनी विरुद्धको सचेनता कार्यक्रम सम्पन्न भएको छ ।

    एभरेष्ट मा।वि।को आयोजना तथा श्रवणपथ प्रहरी चौकी बुटवलको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा एभरेष्ट मा।वि। को कक्षा ९ मा अध्ययनरत १६० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

    श्रवणपथ प्रहरी चौकीका कार्यालय प्रमुख खगेन्द्र पराजुलीको मुख्य प्रशिक्षणमा सम्पन्न उक्त सचेतना कार्यक्रममा ट्राफिक सम्बन्धी विशेष ज्ञान, युवा पुस्तामा बढ्दो लागुपदार्थ दुर्व्यसनी र त्यसको असर एवं त्यस विरुद्धको सचेतना र साइबर अपराध विरुद्धको सचेतनाका बारेमा प्रशिक्षण दिइएको थियो ।

     प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्नुका साथै युवाहरुलाई दुव्र्यसन र साइबर अपराधबाट बच्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहप्राचार्य भीमसेन गौतमले विद्यार्थीहरु नै चेतनाका संवाहक भएको हुनाले उनीहरु सचेत भएका समाजमा परिवर्तन ल्याउन सहज हुने विचार व्यक्त गर्नुभएको थियो ।

    यसैगरी उपप्राचार्य उमेश रेग्मीले प्रशिक्षणमा सिकेको कुरालाई व्यवहारमा उतार्नुका साथै आफ्नो समुदायमा पनि प्राप्त ज्ञान फैलाउन सकेमात्र प्रशिक्षण सफल हुने विचार व्यक्त गर्दै प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम दुई चरणमा गरि सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology