बुटवल, माघ ९ ।
दलित सशक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीले आईतबार बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे ।
बुटवल डा न. २ का दलित अगुवाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै वक्ताहरुले जातीय छुवाछुत व्यवहारमा अझै पनि अन्त्य हुन नसकेकाले कानुन कार्यान्वयनमा जोड दिएका थिए।
कार्यक्रममा मन्त्रालयका सचिव दीपकराज नेपालले दलित समुदायमाथि उत्पीडन भएकै कारण सरकारले आरक्षणको व्यवस्था तथा संविधानमा अधिकार दिएको उल्लेख गर्दै त्यसबाट लाभ लिन समुदाय सचेत हुनुपर्ने बताए । उनले राज्यले नै मुलुकी १९१० निर्माण गरि विभेद गरेको प्रसंग उल्लेख गर्दै अब त्यसलाई अन्त्य गर्दै कानुनी रुपमा अधिकारहरु दिएको बताए ।
मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले दलित समुदायको शसक्तिकरणका लागि समुदाय पनि सचेत हुनुपर्ने बताईन । उनले लुम्बिनी प्रदेश सरकारले छुपाछुतमुक्त प्रदेश बनाउने नीति लिएको बताउँदै तल्लो तहका नागरिकलाई सचेत गराउन वडाहरुमा कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा पत्रकार विनोद परियारले ऐतिहासिक रुपमा दलित समुदायमाथि विभेद गरिएको उल्लेख गर्दै अबको पुस्ताले त्यसलाई चिर्दै अगाडि बढनुपर्ने बताए ।
उनले अहिले पनि जातीय विभेद शहरमा जिवित देखिएकाले यसका लागि तीन तहका सरकारले नै बिशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका वडा न. २ का वडासदस्य कुमारीदेवी दर्नाल, जनप्रतिनिधि गौतमलाल शाक्य, अधिकारकर्मी सुहाबहादुर नेपाली, प्रेम परियार लगायतले जातीय विभेद शिक्षित समुदायबाटै भएकाले यसको अन्त्यका लागि सरकार जिम्मेवार हुनुपर्ने सुझाव दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)