तिलोत्तमा,माघ ६ ।
होराइजन गौतम बुद्ध मावि तिलोत्तमा १, ड्राइभरटोलले गरेको तेस्रो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि बुटवलको कालिका मानव ज्ञान माविले जितेको छ । प्रतियोगितामा सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले द्वितीय ,सिद्धार्थ इबो सेकेन्डरी स्कुल तिलोत्तमा तृतीय स्थान तथा ग्रिन प्लान्ट इबो स्कुल देवदह सान्त्वना भएका छन् ।
जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा होराइजन गौतम बुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहायक प्रजिअ रामचन्द्र अर्याल तथा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य ,तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी रहनुभएको थियो ।
अतिथिका रूपमा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायत हुनुहुन्थ्यो । यसैगरी कार्यक्रममा न्यु होराइजन इबो मावि बुटवलका प्राचार्य श्री लोकनाथ उपाध्याय,क्षितिज इन्टरनेशनल केजका प्राचार्य डा. सूर्य राना, बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा खिमानन्द न्यौपाने, लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय ज्ञवाली, न्यु होराइजन मातृसंस्थाका उप–प्राचार्य बासुदेव अर्याल,बालकृष्ण भण्डारी, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, संस्थापक एवं प्राध्यापक प्रदीप अर्याल,डा. नारायणप्रसाद पन्थ, डा तारानाथ भट्टराई, उपप्रचार्य ज्ञानेश्वर ज्ञवाली,शैक्षिक संयोजक जिवनाथ भण्डारी, प्राध्यापक लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे,रुद्र भुसाल, खेमेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका संयोजक टेकबहादुर महत रहेको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताउनुभयो । प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै नेपाल सरकारका सहसचिव डा. राजेन्द्र केसीले होराइजन गौतम बुद्ध स्कुलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्ववपूर्ण योगदान पु¥याएको बताउँदै विद्यार्थीहरूका निम्ति यस किसिमको हाजिरीजवाफ प्रतियोगिता जरूरी रहेको बताउनुभयो ।
यसैगरी न्यु होराइजन मावि बुटवलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताउनुभयो । तिलोत्तमा नगरपालिका शिक्षा विभाग प्रमुख गंगाराम आचार्यले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको संचालन साहित्यकार एवं प्राध्यापक डा.मुरारि पराजुली, ऋषिराम पौडेल,कृष्ण क्षेत्री तथा पुस्कर रायमाझीले गर्नुभएको थियो भने प्राविधिक व्यवस्थापका रुपमा प्राध्यापक अर्जुन अर्याल तथा सन्दीप गौतम र गिरि रास्कोटी रहनुभएको थियो । समुद्घाटन कार्यक्रमअन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा ४० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।
विजयी समूहलाई क्रमशः रु २० हजार शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु १५,हजार शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु १०हजार शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई रु ३ हजार शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागीताको प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि होराइजन गौतम बुद्ध माविका उपप्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्य सम्पादन गरेको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी गराउनुभयो । कार्यक्रमलाई रोचक बनाउन संस्थाको सांस्कृतिक टोलीबाट रोचक गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)