Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा टाइम कार्ड लागू

  • 1.4K
    SHARES

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा टाइम कार्ड लागू

    बुटवल,माघ ६ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले टाइम कार्ड लागू गरेको छ। प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसो आउनेलाई पहेँलो टाइम कार्ड उपलब्ध गराई सेवा दिन सुरु गरेको छ। 

    नियमित सेवा लिन आउने सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले टाइम कार्ड लागू गरेको हाे । नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट वितरणमा सहजता ल्याउन टाइम कार्ड लागू गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो।

    सेवाग्राहीले रीतपूर्वकको कागजातसहित निवेदन पेस गरेमा नागरिकता, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्ट लिन प्रशासनमै कुरेर बस्नुपर्दैन। निवेदन दिएपछि टाइम कार्डमै यति समयपछि आउनु भनेर प्रशासनले समय तोकिदिने गरेको छ। तोकिएको समयमा आएर सेवाग्राहीले आफ्नो कागजात लिएर जान सक्ने व्यवस्था मिलाइएको छ। गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई भने टाइम कार्ड लागू नहुने र तोकिएको कर्मचारीबाट तत्कालै सेवा पाउने व्यवस्था मिलाइएको छ। 

    टाइम कार्डमा कुन कागजात बनाउन कति समय लाग्छ र कति समयपछि आउने भन्ने विवरण खुलाइएको हुन्छ। नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन प्रमाण पु(याएर आउने सेवाग्राहीलाई निवेदन पेस भएको एक घण्टाभित्र सेवा दिइसक्ने प्रशासनले जनाएको छ।

    ई–पासपोर्टका हकमा भने पहिला नै फाराम भरी आएका सेवाग्राहीलाई सोही दिन तोकिएको समयमा सेवा दिने र ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन वितरण हुने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology