Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • 1.1K
    SHARES

  • दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    दाङ,माघ २ ।

    दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १६ लेटार निवासी मोटरसाइकल चालक २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १८ वर्षीय विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

    दुर्घटनामा गम्भीर घाइते दुवैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता एवं डिएसपी राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको हात, खुट्टा र टाउकोमा गम्भीर चोट छ । 

    मृतकको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको प्रहरी जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology