Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक शुरु

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक शुरु

  • 1.2K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक शुरु

    बुटवल,पुस ३० ।

    मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी पश्चिमको भूमहीमा शुरु भएको छ ।  विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित राष्ट्रिय परिषद् बैठक भएको हाे ।

    राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गर्नुभयो ।  

    दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मुल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शिर्ष नेताहरु नै दोषी रहेको पहाडीले बताउनुभयो ।

    समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजको काठमाण्डौ शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथेय गर्ने कपिलवस्तु शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    यसैगरी पुस २९ गते दिउँसो भूमहीमा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने राष्ट्रिय परिषद्को पूर्वसन्ध्यामा वृक्षरोपण गर्नुका साथै बिभिन्न कार्यक्रम सम्पन्न भएको थियो । २५ औँ बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि करिब तीन सय जनाको सहभागिता छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology