बुटवल,पुस २९ ।
पछिल्लो २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ६४३ पीसीआर परीक्षणबाट ९ जनाको कोरोना पुष्टि भएको हो । ७३४ एन्टिजेन परीक्षण गर्दा कसैमा संक्रमण नदेखिएका मन्त्रालयले जनाएको छ।
२४ घण्टामा जम्मा परीक्षण १३७७ भएको छ । हिजोको भन्दा आज नयाँ संक्रमितको संख्या दोब्बर बढी हो । हिजो २०२३ परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ४ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या २८ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)