Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी मुसिकोटको ज्ञानज्योति विद्यालयमा रजत महोत्सव संगै महायज्ञ हुँदै

गुल्मी मुसिकोटको ज्ञानज्योति विद्यालयमा रजत महोत्सव संगै महायज्ञ हुँदै

  • 1.7K
    SHARES

  • गुल्मी मुसिकोटको ज्ञानज्योति विद्यालयमा रजत महोत्सव संगै महायज्ञ हुँदै

    कौरव खत्री/गुल्मी,पौष २७

    गुल्मी मुसिकोटको एक आधारभूत विद्यालयमा रजत महोत्सव एवम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ ।

    मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी स्थित रहेको ज्ञानज्योति आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने उद्देश्यका साथ आगामी फागुन ९ गते देखि १६ गतेसम्म रजत महोत्सव एवंम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

    महोत्सवलाई सफल बनाउनको लागि समाजसेवी यादुलाल सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

    त्यस्तै श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउनका लागि यज्ञ व्यवस्थापन समिति,आर्थिक समिति,जनसम्पर्क तथा प्रचार प्रसार उपसमिति समेत गठन गरिएको छ । भने अन्तराष्ट्रिय स्तरको उप समिति गठन गएको छ ।

    त्यस्तै जापान,अष्ट्रेलिया,लगजम्बर,पोल्याण्ड,फिल्याण्ड,कोरिया लगायतका देशहरुमा उपसमिति गठन भैसकेको र अन्य देशहरुमा पनि उपसमिति  गठन प्रक्रिया अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

    साथै महोत्सवलाई सफल बनाउनको लागि ६ सदस्यीय विशिष्ट सल्लाहकार र २१ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको छ भने ११ सदस्यीय महोत्सव सचिवालय समितिको समेत गठन गरिएको छ ।

    २०५४ सालमा स्थापना भइआएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १–८ सम्मका कक्षा सञ्चालन हुदै आइरहेको छ ।

    साथै यतिबेला विद्यालयले महोत्सवलाई व्यवस्थित सफल बनाउन विभिन्न उपसमिति गठन तथा प्रचार प्रसार कार्यलाई तिव्रता दिइएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology