बुटवल,पुस २७ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
केही दिव्योपदेश :
–मेरा साना दुषले आर्ज्याको मुलुक होइन. सबै जातको फुलबारि हो. सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले यसलाई सम्भार गर्नु पर्दछ.
–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु. नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.
–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्हाे बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.
–यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ. चीन बादशाहसित ठुलो घाहा राष्नु. दखिनको समुद्रका बादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ.
–बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.
–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.
–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.
–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ. चीन वादशाहसित ठूलो घाहा राष्नु। दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ.
–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ. षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन. सुरो पनि हंदैन.
–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई र्हेया पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।।
–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन्.
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)