Logo बिहिवार, आश्विन १ गते २०८३
images

विवानमा पाँचाैपटक नि:शुल्क स्वास्थ्य शिविर,एकैदिनमा २८० जनाले लिए लाभ

विवानमा पाँचाैपटक नि:शुल्क स्वास्थ्य शिविर,एकैदिनमा २८० जनाले लिए लाभ

  • 1.3K
    SHARES

  • विवानमा पाँचाैपटक नि:शुल्क स्वास्थ्य शिविर,एकैदिनमा २८० जनाले लिए लाभ

    बुटवल,पुस २४ ।

    बुटवल ११ होराइजन चोकस्थित विवान फार्मेसीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
    फार्मेसीले शनिबार विशेषज्ञ डाक्टर सहितको पाँचौ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट २८० सय जना लाभान्वित भएको फार्मेसीले जनाएको छ ।

    शिविरमा छाती, किड्नी मुटु , सुगर ,थाईराइड , रक्तचाप, बालरोग, दन्त, हाड जोर्नी , मेरुदण्ड, युरिक एसिड ,स्त्री रोग, टाउको , नसा ,निद्रा , यौन , मनोरोग, पायल्स पिस्टुलाको निःशूल्क ल्याब सेवा सहित परिक्षण गरिएको फार्मेसीका ब्यवस्थापक दिपक ढकालले जानकारी दिए ।

    ल्याब परिक्षणका साथै सेवाग्राहीलाई रोग अनुसार निःशूल्क रुपमा औषधी वितरण गरिएको उनले बताए । १ लाख २५ हजार बरारबको औषधी वितरण गरिएको संचालक सुभेन्द्रप्रसाद यादवले नागरिक अनलाइनलाई जानकारी दिए ।

    सामाजिक उत्तरदायित्व अन्तरगत फार्मेसीले एक वर्षमा ३ पटकसम्म निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । परिक्षण गरिएका महिलाहरुमा युटिआई, थाईराईड , हाडजोर्नी,बाथ र बालबालिकामा चिसो सम्बन्धि समस्या देखिएको मेडिकल डाईरेक्टर सुभेन्द्र प्रसाद यादबले जानकारी दिए ।vivan.jpg

    शिविरमा मनोरोग विशेषज्ञ डा. बिनोद पौडेल, एमडि फिजिशियन डा.नरेन्द्र यादब ,बालरोग विशेष डा. शन्दिप शाक्य, एम.एस. अर्थोपेडीक डा. विकाश काफ्ले, जनरल तथा ल्याप्रोसकोपिक सर्जन डा.बिष्णुमुर्ति भट्टराई, मेडीकल अफिसर डा. एनके अर्यालबाट बिरामीको चेकजाँच गरिएको थियो ।

    फार्मेशी ईन्चार्ज विनिता चौधरी, हेल्थ असिटेन्ट संगिता विश्वकर्मा, ल्याब ईन्चार्ज मनिष महतो, ल्याब टेक्निसियन अनिषा मल्लको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।vivan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology