बुटवल पुस २२ ।
बुटवलको बेलबासमा आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा न १३ तारा टोलका यमप्रसाद नेपाललाइ घरमै बसिरहेको बेला ५-६ जनाको समूहले कुटपिट गर्दा ज्यान गएको हो ।
शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।
डीएसपी थापाका अनुसार कुटपिटको प्रतिकार गर्दा ६० वर्षिय यमप्रसादका दुई छोराहरु दिवस र दीपेश घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
छिमेकीबिचको सामान्य बिबादले ज्यान जानेसम्मको घटना घटेपछि परिवारजनले किटानी जाहेरी दिएकाहरुलाइ कारबाही हुनुपर्ने मृतक यमप्रसाद नेपालका कान्छा छाेरा दिपेशले नागरिक अनलाइनलाइ बताए ।
प्रहरीले ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।मृतक नेपालका एक श्रीमती नारायणी र छाेराहरु दिवस र दीपेश छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)