Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तिलोत्तमाका एक सय १० घरधुरीलाई लालपुर्जा वितरण

तिलोत्तमाका एक सय १० घरधुरीलाई लालपुर्जा वितरण

  • 1.0K
    SHARES

  • तिलोत्तमाका एक सय १० घरधुरीलाई लालपुर्जा वितरण

    तिलोत्तमा, पुस २२ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर १५ का ३५ र वडा नम्बर १७ का ७५ गरी १ सय १० घरधुरीलाई तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले लालपुर्जा वितरण गर्नुभएको हो। 

    बर्षौंदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा पेशा, व्यवसाय तथा छोराछोरीको अध्ययनका लागि ऋण लिन समेत नपाएर समस्यामा परेका स्थानीयलाई  यसले ठूलो राहत पुग्ने नगरप्रमुख खाणले बताउनुभयो।

    आगामी दुइ वर्ष भित्र गाउँको समस्या समाधान गरेर जग्गाधनी पुर्जा वितरण गरिसक्ने उहाँको भनाइ छ। नापी कार्यालय भैरहवाका प्रमुख सुग्रिव यादवले जिल्लाको सबै जसो स्थानीय तहमा गाउँका अन्तर्गतका भूमिहिनलाई जग्गाधनी पुर्जा वितरणको काम अगाडि बढाइएको बताउनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology