Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दुबै हात गुमाएकी रुपा रौतारले जितिन् प्रदर्शनी आइडलको उपाधि

दुबै हात गुमाएकी रुपा रौतारले जितिन् प्रदर्शनी आइडलको उपाधि

  • 2.2K
    SHARES

  • दुबै हात गुमाएकी रुपा रौतारले जितिन् प्रदर्शनी आइडलको उपाधि

    बुटवल, पुस १९ ।

    बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् ।

    ३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।

    रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीप बोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तिर्ण भएकी थिइन् ।

    दीप बोर्डिङमा अध्ययनरत हुदै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् । घरमा करेन्ट लागेर रुपमाले सानै उमेरमा एउटा हात गुमाएकी छन् ।

    कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुबै हात गुमाउन पुगेकी थिइन् ।

    उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

    सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधी जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु। ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology