Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

  • 2.5K
    SHARES

  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

    बुटवल,पुस १९ ।

    लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा  नारायणप्रसाद भुसाल नियुक्त भएका छन् ।मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रुपन्देही जिल्ला बुटवल ११ स्थाई बसोबास भएका भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् ।

    विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ । मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको हो ।

    लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा यो योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

    निर्माण ब्यसायी समेत रहेका भुसाल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले पाएको जिम्मेवारी लाई चुनौती र अवसारको रुपमा लिएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology