बुटवल,पुस १७ ।
रुपन्देहीको तिलोत्तमा नगरमा छाडा कुकुरको संख्या बढ्दै गएपछि यसको निराकरणका लागि बन्ध्याकरण शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका पशु शाखाले कुकर नियन्त्रण गरेर स्थायी बन्ध्याकरण शुरु गरेको हो ।
नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर (वाइसीएसए)को आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० कुकुर (भाले )लाई भ्यासेक्टोमी र कुकुर्नी (पोथी) लाइ मिनिल्याप गरेको हो ।
नगरपालिकाको मंगलापुर स्थित रामजानकी मन्दिर क्षेत्रमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा नियन्त्रणमा लिइएका कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।
छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी हो हल्ला हुने, सडक दुर्घटना बढ्ने र टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले यस्तो उयाय निकालिएको लगाइएको पशुसेवा कार्यालयक प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो । ती कुकुरहरुलाइ स्थायीबन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको छ ।
नगरले यस्तो कार्यलाई आगामी दिनमापनि निरन्तरता दिने नगरप्रम्ख रामकृष्ण खाँणले जानकारी दिनुभयो । यसको प्रभावकारिता बढेको उहाँको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)