Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बुटवलको कालिकापथमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन हुने

बुटवलको कालिकापथमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन हुने

  • 5.8K
    SHARES

  • बुटवलको कालिकापथमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन हुने

    बुटवल,पुस १७ ।

    बुटवलको कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्क देखि होराईजन चोसम्मभोली सोमबारदेखि रात्रीकालिनबजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमतिदिएको हो ।

    जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालनगरिने छ ।बजारमा आउने ग्राहकलाई निःशुल्क सौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने छ । त्यस्तै पार्किङको लागि बुटवल बसपार्कमा पर्ने पनिनगरप्रमुख पाण्डेले बताउनु भयो । 

    लाईटिङ र सिसिटिभिको पनितत्काललाई व्यवसायीले व्यवस्थागर्नुपर्ने बताउँदै उहाँले अर्को वर्षसम्मनगरपालिकाले व्यवस्थित र राम्रो लाईटिङको व्यवस्थागर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । कालिकापथ सडकमा रात्रीकालिनबजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको अन्तरक्रियाकार्यक्रममानगरप्रमुख खेलराज पाण्डेयले सोमबार देखि रात्रीकालिनबजार सञ्चालनको लागि प्रस्तावगर्नुभयो । 

    संगै व्यवसायीको समर्थनमाभोली देखि नै रात्रीकालिनबजार सञ्चालनगर्ने निर्णय गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाअध्यक्ष रामप्रसादगौतमले जानकारी गराउनु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार देखि उक्त सडकमा आयोजना गरेको चौथो बुटवल सडक खानामहोत्सवको अवसरमाआईतबार बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा रात्रीकालिनबजार सम्बन्धि अन्तरक्रियाकार्यक्रम गरिएको थियो । 

    उक्तकार्यक्रममाबोल्दै बुटवलकी उपप्रमुख सावित्रादेवीअर्यालले आधारभूत कुराहरु पुरा गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने र आउने कुराहरुलाई पनि सुधार गर्दै जानुपर्ने भनाई राख्नुभएको थियो । उहाँले रात्रीकालिनबजार सञ्चालनले यस क्षेत्रको अरु व्यवसायलाई पनिथपचलायमानबनाउने विश्वास व्यक्तगर्नुभयो ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले नेपालको कानुन र संविधानले मार्गदर्शन गरेको बाटोमाप्रहरी प्रशासनअविचलित रहेको भनाई राख्नुभयो । उहाँले व्यवसायिकजिम्मेवारी बहनगर्न स्वयमव्यवसायीपनितयार हुनुपर्ने भनाई राख्नुभयो । पर्यटन विकास परिषदलुम्बिनीकानिर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशतपर्यटक रमाईलोकालागिआउने बताउँदै रात्रीकालिनव्यवसाय सञ्चालनहुँदाउनीहरुलाई भुल्ने ठाउँ हुने भनाई राख्नुभयो ।

    त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीकाअध्यक्षउज्ज्वलप्रसादकसजूले खस्किदो बुटवलको बजारलाई कसरी चलायमानबनाउन सकिन्छ ?, व्यापार व्यवसायको कसरी पर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्यले संघले लामो समयदेखि रातीको समयमाबजार सञ्चालनगर्ने विषयमापहल पैरवीगर्दै आएको भनाई राख्नुभयो ।

    अन्तरक्रियाकार्यक्रममा रात्रीकालिनबजार सञ्चालन सम्बन्धिअवधारणा पत्र प्रस्तुतगर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीकाकार्यसमिति सदस्य, रात्रीकालिनबजार सम्बन्धि समितिका संयोजकप्रतिकपोखरेलले पहिलो फेजमाहोटल व्यवसाय सम्बन्धि कुराहरु राख्न सकिने र दोस्रो फेजमा गैरखाद्य बस्तुहरु पनि राख्न सकिने भनाई राख्नुभयो ।

    उहाँले रात्रीकालिनबजार सञ्चालनको लागि सबैभन्दापहिले व्यवसायीतयार हुनुपर्ने, त्यसपछि स्थानीय सरकारले वातावरण तयार गर्नुपर्ने र प्रहरी प्रशासनले शान्ति सुरक्षाव्यवस्थालाई सहजबनाईदिनु पर्ने भनाई राख्नुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ काअध्यक्षप्रदिपकुमार श्रेष्ठ, वडा नं. ११ अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देहीउद्योग संघका अध्यक्षबाबुरामबोहोरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकानिवर्तमानअध्यक्षतथाप्रदेशकापर्यटन उपाध्यक्ष समुन्द्र जिसीलगायतले भनाई राख्नुभएको थियो । kalika path.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology