बुटवल,पुस १६।
थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको साधारणसभा तथा तेस्रो अबिधेशनले आगामी २ बर्षका लागि ओम ज्ञवालीको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा खगेश्वर भण्डारी,सचिबमा षडानन्द पोखरेल, सहसचिबमा मुक्तिराम ज्ञवाली र कोषाध्यक्षमा बिदुर ज्ञवाली, सह कोषाध्यक्षमा लक्ष्मण गौतम चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा इश्वरी ज्ञवाली, मदन ज्ञवाली, चिन्तामणी ज्ञवाली, कोसु सलानी मगर, कृष्ण ज्ञवाली, प्रेमप्रसाद पोखरेल, रामचन्द्र ज्ञवाली, केशवराज ज्ञवाली र अच्युतराम ज्ञवाली लगायत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य रामप्रसाद पोखरेलले बताए।
उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेक र बेसीको रुपमा हेर्नुपर्ने बताए । उनीहरुले पहाड लेक र तराइ बेसी भएको भन्दै गाउँको विकासमा हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रमको एक समारोहका बीच समाजसेवी तथा लुम्बिनी चिनी कारखानाका पुर्व जिएम कमल ज्ञवालीले उद्घाटन गर्दै समाज रुपान्तरणमा संस्थागत रुपमा कार्य गर्दै आएको बताए।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकता गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने बताए। ज्ञवालीले रचनात्मक र सामाजिक कार्यहरु गर्दै अघि बढ्ने र जन्मभूमिको तिर्सना मेटाउने कार्यहरु गर्ने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष मिनप्रसाद पोखरेलले आफ्नो कार्यकालमा रुरु गाउपालिकाको ९ विद्यालयमा सेनेटरी प्याड, साबुन, मास्क वितरणर रक्तदान कार्यक्रम, मृगौला रोगीलाई आर्थिक सहयोग, कोभिड सचेतना लगायतका कार्यक्रम गरेको जानकारी दिए ।
साे अवसरमा पुर्व अध्यक्षद्वय राम प्रसाद पोख्रेल,ज्ञान प्रसाद ज्ञवाली,त्यस्तैगरि गोपाल ज्ञवाली,मधु प्रकाश ज्ञवाली , शंकर ज्ञवाली, प्राध्यापक डा,हिरण्यलाल ज्ञवाली,ओमकारनाथ ज्ञवाली, निर्बाचन मण्डलका संयोजक बेदराज ज्ञवाली लगायतले बाेलेका थिए ।
थोर्गाबाट रुपन्देहीका विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरेकाहरुलाई समेत सम्मान समेत गरिएको थियो। समाजमा हाल करिब २ सय ५० सदस्य आवद्ध रहेका छन्।
साथै बनबाटिकामा दिनभर बनभोज समेत गरेर रमाइलाे गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)