Logo बिहिवार, आश्विन १ गते २०८३
images

तथ्य जाँच सम्बन्धी दुई दिने कार्यशाला

तथ्य जाँच सम्बन्धी दुई दिने कार्यशाला

  • 1.6K
    SHARES

  • तथ्य जाँच सम्बन्धी दुई दिने कार्यशाला

    बुटवल,पुस १६ ।

    मिथ्या सुचना र तथ्य जाँच  सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ ।  
    युनेस्को लगाएतका संस्थाको सहकार्यमा मिडिया साक्षरता अन्तर्गत तिलोत्तमाको शिवपुर र मणिग्राममा उत्त कार्यक्रम सम्पन्न भएको हो ।

    पौष १५ गते तिलोत्तमा ११ का शिवशक्त्ती आमा समूह र शिवपुर आमा समुहका ४५  जना महिलाहरुलाइ मिथ्या सुचना के हो सामाजिक सन्जाल चलाउदा ध्यान दिनुपर्ने कुरा के-के हुन बढ्दो सुचना महामारीले महिलामा पारेको प्रभावका बारेमा अभिमुखिकरण गरिएको थियो ।

     कार्यक्रममा सहभागी महिलाहरुले सामाजिक संजाल प्रयोग गर्दाका भोगाइहरु सुनाएका थिए ।  शिवपुर आमा समुहका अध्यक्ष तुल्सी श्रेष्ठले महिलाहरुमा सुचनाको महामारीले पारेको प्रभावका बारेमा बुझ्ने अवसर पाएको बताउनुभयो ।  शिवशक्त्ती आमा समुहका अध्यक्ष गोमा गैरेले महिलाहरुमा मिथ्या सुचनाका बारे जानकारी गराइ परिवार र समाज सचेत हुने बताउनु भयो । सजिलो मानिएको सामाजिक संजाल अप्ठ्यारो पनि भएको आफुले महसुस गरेको उहाँको अनुभव छ । 

    पौष १६ गते अपांगता भएका व्यक्तिहरुमा मिथ्या सुचनाका बारे अभिमुखिकरण गरिएको कार्यक्रममा २२ जना अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।  तिलोत्तमाको शान्ति नमुना माध्यमिक बिद्यालयमा भएको सो कार्यक्रममा मिथ्या सुचना यसले अपांगता भएका व्यक्तिमा पारेको प्रभाव र तथ्य जाँच बारे जानकारी गराइएको थियो । 

    लुम्बिनी दृष्टिविहिन कृकेट संघकि सचिव समिक्षा ज्ञवालीले मिथ्या सुचनाले अपांगता भएका व्यक्तिहरुमा अरुमा भन्दा पनि बढी नकारात्मक असर पर्ने बताउनु भयो ।प्रविधिमा अभ्यस्त हुँदै गरेका अपांगता भएका व्यक्तिहरुलाइ यस्ता तालिमले सचेत गराउने उहाँको विश्वास छ ।

    नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले मिथ्या सुचनाबाट समाजलाइ पार्ने प्रभाव बारे अबको पुस्ताले छल्फल चलाउनु पर्ने बताउनु भयो ।  कार्यक्रमको सहजिकरण युथ मिडिया च्याम्पेन टिकाराम घिमिरेले गर्नु भएको थियो ।APANGATAA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology