Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन,सचिवमा प्रजापाल गिरी

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन,सचिवमा प्रजापाल गिरी

  • 984
    SHARES

  • नेपाल अर्बुद  रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन,सचिवमा प्रजापाल गिरी

    बुटवल,पुस १६ ।

    नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देही शाखाको शनिबार बसेको बैठकले पदाधिकारी चयन गरेको छ ।

    संस्थाको विधानमा भएको निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार बैठकले प्रथम उपाध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बीना न्यौपाने, सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा सुरेन्द्रमुनी शाक्य, सहसचिव बाबुराम बिक र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई जिम्मेवारी प्रदान गरिएको सचिव प्रजापाल गिरीले जानकारी गराउनुभयो ।

    संस्थाको गत मंसिर २९ मा पाँचौ अधिवेशनले खिमबहादुर हमालको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकले संस्थाको दीगो कार्यक्रम अन्तर्गत रहेको उपचारात्मक क्षेत्रमा सहज र प्रभाकारिता ल्याउन सहज होस भन्ने उद्देश्य सहित जग्गा पहिचान र व्यवस्थापनको लागि स्थानीय सरकारसँग पहल गर्ने पनि निर्णय गरेको छ ।

    बैठकमा संस्थाका सल्लाहकार मधुसूदन गैरे, हरि प्रसाद अर्याल, उमादेवी थापा, चोला पाठक लगायतले धारणा राख्नु भएको थियो । अर्बुद रोग (क्यान्सर)को रोकथाम र निवारणलाई प्रमुख कार्यक्षेत्र बनाएर २०३९ सालमा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था अभियानकै रुपमा देशभर कृयाशिल छ ।

    प्रत्येक जिल्लामा स्थानीय समाजसेवीहरुलाई यो अभियानमा सरिक बनाउने उद्देश्य सहित समाजसेवी स्वर्गीय सुर्यप्रसाद प्रधानको नेतृत्वमा रुपन्देहीमा २०५३ सालमा जिल्ला शाखा स्थापना गरिएको थियो ।team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology