बुटवल,पुस १६ ।
बुटवलमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जीप गएराति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
साे जीप अनियन्त्रीत भई पल्टिदा सोही स्थानका २९ वर्षीय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको डिभाइर नाघेर विपरित दिसामा पुगेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)