बुटवल,पुस १६ ।
नेपालको जयहोस् भन्ने गीतको छायाकंन रुपन्देहीमा भैरहेको छ । स्वतन्त्र नागरिक समूह नेपालले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइतसहित छायाकंन शुभारम्भ गरेको थियो ।
छायाकंन शुरु भएको दोस्रो दिन आज शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा छायाकंन तथा सुटिङ टीम पुगेको हाे । उक्त गीतको बुटवलस्थित मुक्तिनाथ मन्दिरमा, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् ।
लुम्बिनीपछि बुटवलको नयांगाउंस्थित पिसपार्क र कास्कीको पोखरामासमेत छायाकंन गरी नेपालको जयहोस् भन्ने गिीतलाई अन्तिम रुप दिइने समूहका अध्यक्ष विश्वराज गैहेले बताए । नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको छायांकन गरिएको छ ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ । राष्ट्र भक्तीको भावजालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।
नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैहेले नागरिक अनलाइनलाई जानकारी दिए।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)